स्थानीयस्तरमै सम्भावनाको पहिचान गरी युवालाई रोजगारी सिर्जना गर्न माग, पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक

बाजुरा- नेकपा एमाले बाजुराको १२ औं पूर्ण बैठकबाट पारित निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।- नेकपा एमाले बाजुराका सचिव काशी बहादुर वि.क.ले पार्टी कार्यालय मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले बाजुराका स्थानीय तहलाई आवश्यकताको पहिचान गर्दै रोजगारीका लागि र पढाईको शिलशिलामा विदेश जाने युवाहरुलाई गाउँमै रोजगारी दिने सिर्जना गरी विदेश पलायन रोक्न आग्रह गरिएको छ ।
बाजुरामा कृषि, पर्यटन, जडिबुटी, उद्यमशिलता लगायतको पहिचान गर्दै युवाहरुलाई गाउँमै स्वरोगजार बनाउने गरी विकासमा गतिविधीमा संलग्न गराई प्रभावकारी कार्यान्वयमा स्थानीय तहका सरकारलाई जोडदार माग गरिएको छ ।
त्यसैगरी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमाले बाजुराले दशैं तिहारमा हुने मूल्यवृद्धि,कृतिम अभाव र बजारमा हुने कालोबजारी नियन्त्रण र अनुगमनका लागि माग गरिएको छ ।
यस्तै पत्रकार सम्मेलनमा विनाशकारी बाढीबाट बेपत्ता र मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै विस्थापितहरुलाई पुनस्थापना, अभिभावक गुमाएका बालबालिकाहरुलाई संरक्षण सुनिश्चित गर्न सरकारसंग माग गरिएको छ ।
यस्तै बैठकले सरकारसंग आग्रह गरेको छ ।
जिल्लाका हुने विकास निर्माण सडक,पुल निर्माणमा ढिलाई भइरहेकाले समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारसंग आग्रह गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सडक पुल लगायतका विकास निर्माणमा ढिलासुस्ती हुने भएकाले सरकारले प्रचलित कानुन बमोजिम काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गरिएको छ ।
जिल्लामा लागु औषध पूयोग तथा ओसार पसारका कारण युवाहरु दुव्र्यसनीमा फसेकाले यसलाई नियन्त्रण र प्रभावकारी अभियान संचालन गर्न नेकपा एमाले बाजुराले माग गरेको छ ।
लागु औषध नियन्त्रणका लागि स्थानीय तह, संघसंस्था, स्थानीय सरकार बीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।
पार्टीको १२ औं पूर्ण बैठकले विभिन्न निर्णय सहित महत्वपूर्ण निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतमा संचालन भएको हो । पार्टी जिल्ला कमिटी सलस्इ तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया अतिथी रहेका थिए । पार्टी सचिव काँशी बहादुर वि.क.ले पत्रकार सम्मेलनको संचालन गरेका थिए ।



