विषालु च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृयु भएको छ । भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
सोमबार दिउँसो जंगलमा उम्रिएको च्याउ खाँदा सोही नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार विषालु च्याउ खाई विरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोष्णा गरेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीले बताए । विषालु च्याउ खाँदा श्रीमानको मृत्यु भएको र उहाँकी श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विषालु च्याउ खाएर गम्भीर भएकी थापाको अस्पतालमा उपचार भइरहेको छ । घटना हुनासाथ खबर पाएपछि प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहराको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीको भनाई रहेको छ ।



