स्वास्थ्य सेवा सुदृढ बनाउन चार बुँदे माग सहित स्वाथ्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो

बाजुरा- भौगोलिक रुपमा विकटता रहेको बाजुराको स्वास्थ्य क्षेत्रको सुधार र नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाहको प्रवन्ध मिलाउन बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाइएको छ ।
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हेमराज थापाले जिल्लाको स्वास्थ्य अवस्था सुधार र जिल्लामा नै विशेषज्ञ सहितको सेवा प्रवाह हुने गरी दक्ष जनशक्ति व्यवस्थापनका सहितका चार बुँदे माग राख्दै मन्त्री मेहतालाई ज्ञापन पत्र बुझाएका हुन् ।
केन्द्रीय सदस्य थापाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा दुर्गम तथा भौगोलिक रूपमा विकट जिल्ला बाजुराका नागरिकहरू सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवाबाट बञ्चित भएको र दुर्गम भूगोल, सीमित स्वास्थ्य पूर्वाधार, विशेषज्ञ चिकित्सकको अभाव तथा अत्यावश्यक स्वास्थ्य उपकरणहरूको कमीका कारण सामान्य देखि जटिल प्रकृतिका बिरामीहरूले समयमै उपचार नपाई अकालमै ज्यान गुमाउने अवस्था सिर्जना भएकाले तत्काल विशेषज्ञ चिकित्सक सहितको व्यवस्था गर्न उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा
हाल जिल्ला अस्पताल बाजुरामा विशेषज्ञ चिकित्सक (ःम्न्ए), बालरोग विशेषज्ञ (एभमष्बतचष्अष्बल), एनेस्थेसिया जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्यकर्मीहरूको अभावका कारण आकस्मिक शल्यक्रिया, सिजेरियन सेवा, नवजात तथा बालरोग उपचार लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरू नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको भनिएको छ ।
यहाँका नारिकरले सामान्य उपचारबाट निको हुन सक्ने बिरामीहरू समेत जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेकाले बिरामी र उनीहरूको परिवारलाई आर्थिक, सामाजिक तथा मानसिक रूपमा थप पीडा भोग्न बाध्य भएको ज्ञापन पत्रका लेखिएको छ ।
केन्द्रीय सदस्य थापाले विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य जनशक्तिको तत्काल व्यवस्थापन गरिनुपर्ने,आवश्यक मेडिकल अधिकृत तथा नर्सको तत्काल व्यवस्थापन गरी आकस्मिक शल्यक्रिया, सिजेरियन तथा विशेषज्ञ स्वास्थ्य सेवा नियमित सञ्चालन हुनुपर्ने, लाइफ सपोर्टसहितको ’क’ वर्गको (४×४) एम्बुलेन्स उपलब्ध गराउनुपर्ने जिल्ला स्तरीय रक्तसञ्चार केन्द्र स्थापना गरिनुपर्ने र बाजुरा अस्पताललाई विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा स्रोत–साधन उपलब्ध गराउनुपर्ने माग उल्लेख गरिएको छ ।
थापाले कुनै सुविधा विस्तारका लागि नभई बाजुरावासी नागरिकको जीवनरक्षा, स्वास्थ्यको मौलिक अधिकारको सुनिश्चितता तथा दुर्गम क्षेत्रका नागरिकले पनि समान रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् ।
नागरिकका संवेदनशिल तथा तथा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित माग प्रति माननीय मन्त्रीज्यूको विशेष ध्यानाकर्षण भई आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया यथाशीघ्र अगाडि बढाइनेछ भन्ने पूर्ण विश्वास गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button