बुढीगंगाले ग¥यो समाजसेवीदेखि शिक्षक कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न विधामा सम्मान गर्दै आएको छ ।
हरेक वर्ष गरिदै आएको विधागत सम्मानमा नगरपालिका क्षेत्रमा रहेका समाज सेवा, साहित्यकार,शिक्षक कर्मचारी र स्वास्थ्यकर्मी र युवा उद्यमीहरुलाई प्रदान गरिदै आएको पुरस्कार वितरण गरिएको छ ।
नगरपालिकाले बिहीबार सम्मान तथा पुरस्कार वितरण गरेको हो । नगरपालिकाले स्थापना गरेको शेर बहादुर शाह समाज सेवा पुरस्कारबाट गोकुल बहादुर सिंह र देवबहादुर थापालाई जनही द १० हजार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको हो ।
यस्तै रत्नाकर जोशी साहित्य पुरस्कारबाट देउडा गायक गणेश चौतारीलाई दश शजार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताएका छन् ।
नगरपालिकाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पालिकाले स्थापना गरेको नरसिंह गिरी शैक्षिक सम्मान पुरस्कारबाट जहरसिंह थापा सम्मानीत गरिएको छ । उनलाई दश हजार नगद तथा प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको नगरपालिकाका कर्मचारी राजेन्द्र विष्टले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार चेतनदीप ऐडी युवा सफल उद्यमी पुरस्कारबाट युवा व्यवसायीप पदम रावतलाई सम्मान गरिएको बताए । रातवलाई नगद दश हजार सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको छ । भने राष्ट्रसेवक कर्मचारी विशिष्ट योगदानबाट नगरपालिकाका पशु शाखा प्रमुख सातौं अधिकृत प्रेमराज जैशी, स्वास्थ्य सेवा विशिष्ट योगदानबाट महिला स्वयम सेविका लोकसरी थापा, शिक्षक कर्मचारी विशिष्ट योगदानबाट बसन्त बालमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक बहादुर थापालाई सम्मान गरिएको विष्टले बताएका छन् ।
सम्मानीत हुनेलाई जनही पाँच हजारका दरले नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख माया खड्का(कुँवर) प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरु सहभागी थिए । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको संचाललन नगरपालिकाका कर्मचारी राजेन्द्र विष्टले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button