सामाजिक उत्तरदायित्वमा प्रहरीको सक्रियता बढ्दै, प्रहरी प्रमुख नै सक्रिय

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्वमा सक्रियता बढाउँदै गएको छ ।
समाजमा हुने लागु औषध प्रयोग, मदिरा व्यवस्थापन, शान्ति सुरक्षा र सडक सुरक्षा लगायतका क्षेत्रमा प्रहरीको सक्रियता बढ्दै गएको हो । सामाजमा हुने हिंसात्मक घटना न्युनिकरण र लागु औषध दुव्र्यसनीको प्रयोग न्युनिकरण, बाल विवाह, घरेलु हिंसा लगायतका क्षेत्रमा जिल्ला प्रहरी र मातहतका प्रहरी चौकी र इलाकाहरुले सचेतना कार्यक्रम गर्दै आएको छ ।
प्रहरी मेरो साथी भन्ने उद्देश्य सहित प्रहरीले समाजमा हुने विकास निर्माण कार्यमा सहयोग र अपराधिक गतिविधी न्युनीकरणमा गाउँमै गएर सचेतना फैलाउने, उनीहरुलाई गलत कार्य गर्दा हुने कानुनी सजायको बारेमा पनि जानकारी गराउने गरिएको छ ।
सामाजिक उत्तरदायित्व प्रभावकारी कार्यान्वयमा प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा नै सक्रिय बनेकी छन् । उनले जिल्ला प्रहरी कार्यालय बाजुराको नेतृव सम्हालेको दिनदेखि नै सामाजिक उत्तरदायित्वको कार्यमा सक्रिय भएर लागेकी हुन् ।
जेठ ७ गते काठमाण्डौं अपराध महाशाखाबाट सरुवा भएर आएपछि उनलाई सुरुमा नै रानीसैन घटनाको दोषी पक्राउ गर्ने जिम्मेवारी आएको थियो । जटिल परिस्थितिलाई सम्हाल्दै उनले उक्त कार्य सफता पुर्वक सम्पन्न गरेपछि देशभरीबाट उत्कृष्ट प्रहरी नायव उपरिक्षकका रुपमा सम्मानित भएकी थिइन् ।
अहिले उनले गाउँमा उम्रिएका जाँगा फडानी, घरेलु मदिरा नष्ट, सडक सरसफाई र गाउँमा प्रहरी परिचालन गरी शान्ति सुरक्षामा विशेष ध्यान दिएकी छन् ।
उनकै संलग्नतामा मार्तडीमा रहेको मालिका मन्दिर परिसरमा आइतबार विहान सरसफाइ गरिएको छ । प्रहरीको मनोबल उच्च राख्ने, शारीरिक तथा मानसिक स्फूर्ति अभिवृद्धि गर्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले नेचर वाक गर्नुका साथै अवैध रुपमा उम्रिएको गाँजा फडानी गरिएको तथा मार्तडी स्थित रहेको बडीमालिका मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button