प्राधिकरणको ४१ औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

बाजुरा- नेपाल विद्युत प्राधिकरणको ४१ औं वार्षिकोत्सवको अवसरमा वितरण केन्द्र बाजुराले शनिबार कार्यालय परिसर लगायतका विभिन्न ठाउँमा वृक्षारोपण गरेको छ ।
वितरण केन्द्र शाखा बाजुराको आयोजनामा प्राधिकरणको स्थापना दिवस तथा वार्षिकोत्सवको अवसर पारेर कार्यालय परिसर, विद्युत सव स्टेशन उखाडी र पावर हाउस सेलाघाटमाको परिसरमा वृक्षारोपण गरिएको निमित्त वितरण केन्द्र प्रमुख लोकराज जोशीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार प्राधिकरणको वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्ने परिपत्र अनुसार वितरण केन्द्र बाजुराले वृक्षारोपण गरेको बताएका छन् ।
वितरण केन्द्र बाजुरामा कार्यरत कर्मचारीहरुले विभिन्न ठाउँमा गरी ५० बढी बोट विरुवा वृक्षारोपण गरिएको निमित्त वितरण केन्द्र प्रमुख जोशीको भनाई रहेको छ ।
हरेक वर्ष भदौ १ गते नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव तथा स्थापना दिवस मनाउने गरिन्छ ।



