संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा

 काठमाडौं- सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने बताएका हुन्।

‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौं। बोकेर पनि दिनुपर्छ। बाटोबिग्रेको ठाउँमा। डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘सामान्य डेलिभरि पनि दिन सक्दैनौं भने परिवर्तनको के काम ? म पनि उद्योग समितिमा छु । म राजीनामा दिन्छु। नैतिकताको आधारमा मेरो पनि जिम्मेवारी छ। म बस्न कसरी सक्छु ? मैले साथीहरूलाई पनि भनिसकेको छु।’

उनले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले धेरै कुरा दिए पनि राज्यलाई आफूहरूले केही दिन नसकेको उनको भनाइ थियो। उनले जेनजी शहीदको सम्झनामा भव्य पार्क निर्माणको पनि माग गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button