देबीघाटमा बेलिव्रीज बनाइदिएकामा देउवाले सेनालाई दिए धन्यवाद

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाटमा सेनासँग भएको भेटका क्रममा उनले धन्यवाद दिएका हुन् ।
धेरै–धेरै धन्यवाद है, धेरै–धेरै धन्यवाद,’ निरीक्षणका क्रममा भेटिएका नेपाली सेनासँग देउवाले भने, ‘नेपाल आर्मीले यो साच्चिकै अत्यन्तै नेपाली जनता दु:खमा परेको बेलामा साथ दिएर बेलीब्रिज बनाइदिएको छ, नुवाकोटका दाजुभाइ, उहाँ माथि देखिका मान्छे आवत जावत गरुन् भनेर । म धन्यवाद दिन्छु ।’
कांग्रेसका पूर्वसभापति देउवाले नेपाली सेनालाई अझै राम्रो काम गर्न पनि आग्रह गरे । ‘तपाईंहरू अझै राम्रो काम गर्नु होला,’ उनले भने ।
देउवा बिहीबार बिहान नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल, कुन्दनराज काफ्लेसहितका नेताका साथ नुवाकोटमा छन् ।



