भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

चितवन- चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा बसन्तचोकस्थित पूर्व- पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।

कारभित्र नै रहेका एक जनाको जलेर मृत्यु भएको छ ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनको परिचय खुल्न सकेको छैन ।

आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button