छतबाट लडेर घाईते

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा मध्येराति घरको छतबाट लगेर एक जना घाइते भएका छन् ।
सोही गाउँपालिका–१ पिलुचौर बजारमा डेरा गरी बस्ने बझाङ्ग घर भएका ३४ वर्षीय नरेश धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथ प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
मुगु–कर्णाली हाइड्रोपावर कम्पनीको लोगर अपरेटर रहेका धामी घरको छतबाट लडेर घाइते भएका हुन् । उनको निधार र टाउँकोमा चोट लागेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताए ।
घाइते भएका धामीको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button