सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबैलाइ नगर प्रमुख खड्काको आग्रह

बाजुरा- बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले सबैले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरेका छन् ।
शुक्रबार सोही नगरपालिकाले आयोजना गरेको “योगदानमा आधारित सामाजिक सुरक्षा कोष” शिविरको उद्घाटन समारोहमा हरेक नागरिकले गर्ने रोजगारी र व्यापार व्यवसायीहरुले विपदमा पर्दा, दुर्घटना हुँदा र अन्य समयमा आवश्यक पर्ने कोषमा आवद्ध भएर भविष्यमा हुने खर्चको जोहो हुने भएकाले सबैले आवद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्धता भएर राज्यले लिएका नितीमा अपनत्व गरेर अघि बढेमा जोखिम न्युनिकरण हुनेमा धारणा नगर प्रमुख खड्काको रहेको छ ।
राज्यका लागि र आफ्ना लागि कति योगदान गर्ने र संविधानमा उल्लेख भए अनुसार सामाजिक सुरक्षा कोषको मापदण्डमा रही आवद्धता भएका नागरिकलाई फाइदा हुने भएकाले सबैले आवद्ध हुनुपर्ने खड्काको आग्रह रहेको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराएको भएपनि व्यापारी, उद्योगी र गैर सरकारी संस्थामा आवद्ध भएका नागरिकले यो कोषमा आवद्ध भएर सेवा लिन आग्रह गरेका छन् ।
उनले अनौपचारिक र औपचारिक क्षेत्रका काम गरेर खाने नागरिकका लागि भविष्यमा काम नगर्न सक्ने र स्वास्थ्य उपचारका लागि सहयोग पुग्ने भएकाले सामाजिक सुरक्षा कोषको अवधारण २०७४ मा आएर सोही अनुसार कानुन पारित भएर कार्यान्वयनमा रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले अनौपचारिक र औपचारिक क्षेत्रका धेरै रोजगारी गर्नेहरु आवद्ध नभएकाले यसको उद्देश्य र लक्ष्यलाई बुझेर आवद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सुरक्षा कोष नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक–आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न स्थापना गरिएको हो । सबै श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर आर्थिक जोखिमबाट संरक्षण गर्नु, कामदारहरूको भविष्य सुरक्षित गर्दै गरिबी न्यूनीकरण र न्यायोचित वितरण प्रणालीको स्थापना गर्नु यसको लक्ष्य रहेको छ ।
सामाजिक सुरक्षा कोषले श्रमिकको दुर्घटना, बिरामी, अपाङ्गता, वृद्धवस्था वा रोजगार गुमेको अवस्थामा नियमित आय र राहत प्रदान श्रमिक र रोजगारदाताको योगदानमा आधारित सामाजिक सुरक्षा सुविधाहरू (जस्तैः औषधि उपचार, मातृत्व, दुर्घटना, आश्रित परिवार र वृद्धवस्था सुरक्षा योजना) सञ्चालन गर्नु, औपचारिक (सरकारी तथा निजी) क्षेत्रका अतिरिक्त अनौपचारिक क्षेत्र, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनु,सुमधुर औद्योगिक वातावरण निर्माण गरी श्रम बजारलाई व्यवस्थित र मर्यादित बनाउनु रहेका छन् ।
कोषले सङ्कलित कोषको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानी गरी मुलुकको आर्थिक विकासमा सघाउ पु¥याउनु उद्देश्यले संचालनमा ल्याइएको हो ।
कोषले विशेष गरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, मातृत्व सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, अशक्तता सुविधा, आश्रित परिवार सुरक्षा योजना, वृद्धवस्था सुरक्षा योजना प्रमुख चार क्षेत्रमा काम गर्ने गरेको छ ।
बडीमालिका नगरपालिकाको आयोजनमा मार्तडीको खुलामञ्चमा योगदानमा शिविर संचालन गरिएको हो ।
अन्तर्राट्रिय श्रम संगठन, निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज र सामाजिक सुरक्षा कोषको समन्वय र विभिन्न संस्थाहरुको सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।
नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतमा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका प्रमुख दिपेन्द्र बम वडाध्यक्षहरु अतिथी रहेका थिए ।
नगरपालिकाका राजस्व प्रमुख कृष्ण खड्काले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाविक विकास समितिका संयोजक डम्बर बहादुर महतले गरेका थिए । योगदानमा आधारित कार्यक्रममा सेवाग्राही, पत्रकार लगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button