हिमालीका चार वडाकाे अधिवेशन सुरु


बाजुरा- नेपाली काँग्रेसकाे १५औं महाधिवेशनकाे पुर्व सन्ध्यामा हुन लागेबाे देशभरका वडाकाे अधिवेशनमा जिल्लाकाे हिमाली गाउँपालिका गाउँ कार्य समितिका चार वडाकाे वडा अधिवेशन शनिबारबाट सुरु भएकाे छ ।
साेही गाउँ कार्य समितिकाे वडा नम्बर १,३,४ र ७ वडा कार्य समितिकाे अधिवेशन सुरु भएकाे हिमाली गाउँ कार्य समितिका सभापति अम्मलाल कार्कीले जानकारी दिएका छन् ।
उनले दिएकाे जानकारी अनुसार चार वटै वडा कार्य समितिकाे बैठककाे निर्णय बमाेजिम आज नै अधिवेशन सुरु गरेकाे बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले असाेज ४ गते गर्ने परिपत्र गरेकाे भएपनि वडाकाे बैठकले४ वडामा असाेज ३ गते गर्ने निर्णय भएकाले आज नै अधिवेश थालिएकाे सभापति कार्कीले बताए ।
आज भएकाे चार वटै वडाकाे अधिवेशनबाट नयाँ वडा कार्य समिति चयन गरिने सभापति कार्कीकाे भनाइ रहेकाे छ।
अधिवेशनकाे उद्घाटन समाराेहपछि बन्दसत्र गरेर आज नै वडाकाे नयाँ कार्य समिति नेतृत्व चयन गरिने सभापति कार्की बताउँछन् ।
गाउपालिकाका २,५ र ६ वडाकाे अधिवेशन असाेज ४ गते हुने भएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button