काँग्रेसका ३० वडामा नयाँ नेतृत्व चयन, अन्य वडामा सहमतीको हुँदै

बाजुरा- नेपाली काँग्रेसको १५औं महाधिवेशनका लागि यहाँका ९ पालिकाका ५७ वडामध्ये ९ वडा बाहेकका ४८ वडाको अधिवेशन सुरु भएको छ । भने ३० वडाको नयाँ कार्य समिति चयन भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
बुढीगंगा नगरपालिकाका १० वडा, त्रिवेणीका ९ वडा, बडीमालिकाका ४ वडा, खप्तड छेडेदह ३ वडा र स्वामीकार्तिकका २, हिमाली गाउँपालिकाका २ वडा गरी ३० वडामा नयाँ नेतृत्व चयन भएको नेपाली काँग्रेस बाजुराका सचिव तिलकराज परीले बार्जुखबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार ६९ वडाका १२ वडाको शनिबार नै अधिवेशन सकिएको र ३० वडाको अधिवेशन सम्पन्न भएको बताए ।
पालिकाका १८ वडामा अधिवेशन सुरु भएपनि नयाँ नेतृत्वको चयनको प्रक्रियाका लागि सहमती गर्न छलफल भइरहेको सचिव पुरीले बताएका छन् ।
आज भएको अधिवेशनबाट कुन पालिकाको वडाबाट को सभापति बने पुरा विवरण हेर्नुहोस् ः
त्रिवेणी नगरपालिका
वडा नम्बर १
सभापति : नृप बुढा
वडा नम्बर २
सभापति : मोहन बहादुर बुढा
वडा नम्बर ३
सभापति : पूर्ण बहादुर साउँद
वडा नम्बर ४
सभापति : केशव साउँद
वडा नम्बर ५
सभापति : हर्क बुढा
वडा नम्बर ६
सभापति : गुलाफ सिंह बुढा
वडा नम्बर ७
सभापति : कर्ण अयडी
वडा नम्बर ८
सभापति : हरि नेपाली
वडा नम्बर ९
सभापति : डम्बर खत्री
बुढीगंगा नगरपालिका
वडा नम्बर १
सभापति : जंग थापा
वडा नम्बर २
सभापति : नन्दराम जैशी
वडा नम्बर ३
सभापति : अमृत देउवा
वडा नम्बर ४
सभापति : कृष्ण बहादुर रावत
वडा नम्बर ५
सभापति : पुष्पराज रेग्मी
वडा नम्बर ६
सभापति : जय बहादुर बोहरा
वडा नम्बर ७
सभापति : शेर बहादुर खड्का
वडा नम्बर ८
सभापति : कृष्ण बहादुर थापा
वडा नम्बर ९
सभापति : हर्क बहादुर थापा
वडा नम्बर १०
सभापति : रण बहादुर साउँद
बडीमालिका नगरपालिका
वडा नम्बर २
सभापति : रविन्द्र गिरी
वडा नम्बर ५
सभापति : शेर बहादुर साउँद
वडा नम्बर ६
सभापति : जंग खड्का
वडा नम्बर ७
सभापति : उमाकान्त जोशी
हिमाली गाउँपालिका
वडा नम्बर ४
सभापति : बद्रीप्रसाद पाण्डे
वडा नम्बर ६
सभापति : प्रकाश रावत
स्वामीकार्तिक खापर गाउँपालिका
वडा नम्बर ४
सभापति : मुकेशनाथ योगी
वडा नम्बर ५
सभापति : दिपक महतारा
खप्तड छेडेदह गाउँपालिका
वडा नम्बर १
सभापति : बहादुर रोकाया
वडा नम्बर २
सभापति : तेजबहादुर बुढा
वडा नम्बर ४
सभापति : प्रेम बहादुर रावत



