बाजुरा खाद्य कम्पनीमा चिनी विक्री सुरु

बाजुरा- खाद्य व्यवस्था तथा व्यापार व्यापार कम्पनी लिमिटेड बाजुराले मंगलबारबाट चिनी विक्री वितरण सुरु गरेको छ ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै व्यापार कम्पनीले बजार मूल्य भन्दा ३० रुपैया घटाएर विक्री वितरण सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार केन्द्रीय कार्यालयको परिपत्र अनुसार चिनी ढुवानी गरी आजबाट प्रति केजी ११० रुपैयाँमा विक्री वितरण गर्न थालिएको बताए ।
कम्पनीले बाजुरामा चामल र गहुँ मात्र खरिद गरेर विक्री वितरण गर्दै आएको भएपनि दशैं तिहारमा बजारमा चिनीको मूल्य बढी भएपछि सर्वसाधारणका लागि बजारको भन्दा कम मूल्यमा पहिलो पटक चिनी विक्री हुन थालेको हो ।
बजारमा प्रति केजी १४० रुपैया भएपनि कम्पनीले ११० रुपैयाँमा प्रति केजीका दरले विक्री गर्ने कार्यालय प्रमुख भण्डारीको भनाई रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस भन्दा पहिले मसिनो र मोटा अरुवा चामलको मूल्य समेत घटाएर विक्री वितरण गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button