देउवा पक्ष काँग्रेसले बाजुराका १८ वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन, वडा अधिवेशनमा छैन उत्साह

बाजुरा- नेपाली काँग्रेस इतर (देउवा) समुहले मंसिरमा नियमित महाधिवेशन गर्ने गरी तालिका अघि सारेपछि बाजुराका ६९ वडाका केही वडामा अधिवेशन सुरु गरिएको छ ।
विशेष महाधिवेशनपछि पार्टीको सभापतिमा गगन थापाले नेतृत्व लिएपछि असन्तुष्ट देउवा पक्षले मंसिरमा हुने नियमित महाधिवेशनका लागि असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेको हो ।
विशेष महाविधेशनपछि मान्इता लिने गरी १५ औं महाधिवेशनको लागि वडा,पालिका र प्रदेश क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधीको चयन भएर काठमाण्डौं गएपनि असन्तुष्ट इतर देउवा समुह भने वडा अधिवेशनमा जुटेको हो ।
यहाँ ६९ वडामध्ये १८ वडाको अधिवेशन सकिएर वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधी छनोट गरिएको नेपाली काँग्रेस देउवा पक्ष बाजुराले जनाएको छ ।
इतर समुहले बाजुरामा असोज १६ गतेबाट अधिवेशन संचालन गरेको हो । चार नगरपालिका र पाँच गाउँपालिकाका ६९ वडाका आज पनि अधिवेशन संचालन भएको नेविसंघ बाजुराका अध्यक्ष तथा इतर पक्षका नेता जनक थापाले बताएका छन् ।
उनका अनुसार तीन नगरपालिका र एक गाउँपालिका गरी चार पालिकाका १८ वडामा नयाँ वडा कार्य समिति गठन भएको बताए ।
देउवा पक्षको वडा अधिवेशनमा खप्तड छेडेदहको वड नम्बर १,२,५ र ६ वडामा अधिवेशन गरिएको छ । वडा नम्बर १………… सभापति बनेका छन् । यस्तै वडा नम्बर २ मा मान बहादुर बुढा ५ मा निर्मला रावत सभापति भएकी छन् । भने वडा न्म्बर ६ मा दुई जना आकांक्षी भएको र एक जना विरामी भएर उपचारमा रहेकाले वडा सभापति चयन नभएको देउवा पक्षले जनाएको छ ।
यस्तै बुढीगंगा नगरपालिका २ मा विस्ने जैशी, ३ मा जित बुढथापा, ५ मा तुलसा जोशी, ६ मा मदनराज भारती वडा सभापतिमा चयन भएको नेपाली काँग्रेस देउवा पक्षका जिल्ला संयोजक धनराज पण्डितले बताएका छन् ।
त्यसैगरी त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा गोविन्द्र बुढा, २ मा काँशीराम न्यौपाने, ३ मा कमल भण्डारी, ४ मा खडक बहादुर साउँद, ७ मा रविन्द्र रावत,८ मा गणेश बहादुर थापा र ९ मा रतन खत्री वडा सभापतिमा चयन भएका हुन् ।
यसैगरी बडीमालिका नगरपालिका १ मा सुरेश बहादुर दानी, ६ मा विर्क बहादुर खड्का र ७ मा गोरख धामी वडा सभापति चयन भएका छन् ।
उत्साह छैन, न्युन कार्यकर्ता सहभागी
नेपाली काँग्रेस संस्थापन पक्ष गगन थापा र इतर पक्ष शेर बहादुर देउवा पक्षको वडा अधिवेशनमा भने उत्साह भने न्युन देखिएको छ । पुर्व सभापति र विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको वडा अधिवेशनमा पनि वडाको अधिवेशनमा न्युन सहभागिता रहेको थियो ।
काँग्रेसमा दुई धार देखिएपछि कार्यकर्ता नै अलमलमा परेका छन् । वर्तमान सभापति थापा तिर जाने वा देउवातिर रहने भन्नेमा ग्रामिण क्षेत्रमा अन्यौल देखिएको छ ।
नेपाली काँग्रेस शेर बहादुर देउवा इतर समुहले असोज १९ गतेभित्र वडा अधिवेशन गरिसक्न परिपत्र गरेको छ । भनगे असोज २० गते पालिका अधिवेशन र २३ गते प्रदेश क्षेत्रीय कार्य समितिको अधिवेशन गरिने भएको छ ।



