‘सरकार ढल्दैन, बिल्कुल ढल्दैन् : रवि लामिछाने

काठमाडौँ- रास्वपा सभापती रवि लामिछानेले सरकार नढल्ने बताएका छन् । उनले आफुहरुले इतिहासलाइ साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाएका छन् । आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति लामिछानेले सरकार आज ढल्छ वा भोली ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोस भएर ढल्ने खतरा भएको बताए । उनले भने, ‘हामीले इतिहासलाइ साक्षी राखेर इतिहास बदल्ने भन्दै राजनीति गरेका हौं । उनले भने, ‘सरकार ढल्दैन । बिल्कुल ढल्दैन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button