कांग्रेसमा गगन-देेउवा टकराव: रुपान्तरणकाे प्रयास की पतनकाे संघार? 

गाेविन्द्रराज तिमिल्सेना

एउटै पार्टी,एउटै झण्डा,एउटै चुनाव चिन्ह।तर पछिल्लो समय कांग्रेसभित्र देखिएकाे राजनीतिक अभ्यासले भने एउटै पार्टीभित्र दुई फरक धारकाे चित्र देखाउन थालेकाे छ।

कुनै समय गाउँदेखि सहरसम्म कांग्रेसकाे संगठन बलियाे मानिन्थ्याे।कार्यकर्ताकाे भीड,नेताकाे भाषण र चुनावी गतिविधिले कांग्रेसकाे राजनितीक प्रभाव सहजै देखिन्थ्याे।तर अहिले समय फेरिएको छ।पार्टी चिराचिरा हुने स्थितिमा पुगेकाे छ। 

एउटै पार्टीभित्र दुई धार।दुई कांग्रेस:गगन कांग्रेस र देउवा कांग्रेस। बदलिँएकाे कांग्रेसकाे याे स्थितिले एउटा गम्भीर प्रश्न उठाएकाे छ-कांग्रेस अब नयाँ रुपमा अघि बढ्दैछ की आफ्नै आन्तरिक द्वन्द्वका कारण पतनकाे संघारमा जाँदैछ?

पछिल्लो समय नेतृत्व चयनका क्रममा:देखिएकाे प्रतिस्पर्धाले यहीँ प्रश्नलाई थप पेचिलाे बनाएकाे छ। एउटै संगठन भित्र फरक समूह,फरक रणनीति र फरक नेतृत्वकाे चाहना देखिनु कांग्रेसका लागी नयाँ बिषय हाेईन्। तर अहिलेकाे प्रतिस्पर्धा केवल पद र कुर्सी प्राप्तिकाे हाेडमा सिमित छ।

अथवा पार्टीकाे भविष्यकाे दिशासँग जाेडिएकाे छ,भन्ने बहस सुरु भएको छ।दुई धारकाे कांग्रेस के साच्चिकै, चिराचिरा नै हुने हाेत?भन्ने प्रश्न उब्जिएका छन्। पार्टीभित्र देखिएकाे ‘दुई कांग्रेस’लाई केवल विभाजनका  रुपमा बुझ्ने की परिवर्तनकाे सुरुवातका रुपमा लिने भन्ने प्रश्न महत्त्वपूर्ण बनेकाे छ।  ईतिहास बाेकेकाे पार्टीका लागी सबैभन्दा ठुलाे चुनाैती विपक्षी हाेईन्,आफ्नै कमजोरी पहिचान गरेर समयअनुसार आफूलाई बदल्नु हाे।कांग्रेसकाे आगामी कथा यहीँबाट  लेखिनेछ-नयाँ रुपकाे कांग्रेस बन्छ की,आन्तरिक द्वन्दमै कमजोर हुँदै जान्छ?

सभापति गगन थापा नेतृत्वकाे संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा (ईतर) पक्षकाे टकरावले कांग्रेसकाे आन्तरिक राजनिती मात्रै हाेईन्,पार्टीको भविष्यबारे समेत प्रश्न उठाएकाे छ।गगन थापा नेतृत्वकाे पक्षले महाधिवेशन काठमाडौंमा भव्य उद्घाटन गरेकाे छ।

यता देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनकाे तयारी थालेका छन्।यसबीच लामाे समयदेखि निकट रहेका केही प्रभावशाली नेता गगन नेतृत्वकाे प्रक्रियामा समाहित भएका छन्।यसले कांग्रेस भित्रकाे शक्ति सन्तुलनमा ठुलाे परिवर्तन ल्याएकाे देखिन्छ।

सभापति गगन थापाले भने कांग्रेसलाई विभाजनबाट जाेगाउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने सार्वजनिक धारणा राख्दै आएका छन्। उनले निवर्तमान सभापति देउवालाई १५ औं महाधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गरेपनि सहभागी भएनन्।यसले झनै कांग्रेसभित्र किचलाेकाे स्थिति रहेकाे प्रष्ट्याउँछ। 

गगन थापाले पार्टी एकताकाे बिषयलाई  देउवा वा केही नेताकाे सम्बन्धमा मात्र सिमित गर्न नहुने बताएका छन्।यता देउवा पक्ष भने विशेष महाधिवेशनबाट बनेकाे थापा नेतृत्वकाे कार्यसमितिकाे वैधानिकतामाथी प्रश्न उठाउँदै छुट्टै महाधिवेशनकाे तयारीमा छन्।सर्वोच्च अदालतले थापा नेतृत्वकाे विशेष महाधिवेशनसम्बन्धी फैसला पूनरावलाेकनका लागी अनुमती दिएपनि अघिल्लो फैसला बदर गरेकाे छैन्।

रुपान्तरणकाे प्रयास की पतनकाे संघार?

एउटै पार्टीभित्र दुई फरक समूह।गगन कांग्रेस र देउवा कांग्रेस।गगन नेतृत्वले पुस्तान्तरण,संगठनात्मक पून: संरचना र नयाँ राजनीतिक कार्यशैलीलाई गम्भीर रुपमा हेरिएकाे छ। देउवा पक्ष भने आफ्नो राजनीतिक निरन्तरता,पार्टीको पूरानाे संरचना र आफूले वैधानिक मानेकाे महाधिवेशन प्रक्रियाकाे पक्षमा उभिएको छ। 

कतिपयले कांग्रेसभित्रकाे रुपान्तरणकाे संघर्षका रुपमा हेरेका छन्।भने अर्काेतर्फ समानान्तर महाधिवेशनले पार्टी विभाजनकाे जाेखिम बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।कांग्रेस औंपचारिक रुपमा विभाजित नभए पनि दुवै पक्षले अलग-अलग महाधिवेशनका कार्यक्रम थालेका छन्।

गगन पक्षले काठमाडौंमा महाधिवेशन भव्य रुपमा सञ्चालन गरिरहेकाे छ।यता देउवा पक्ष देशभर वडाअधिवेशन गर्दै छ।अब कांग्रेस लागी मुख्य चुनाैती केवल सभापति काे बन्ने भन्ने प्रश्नमा सिमित छैन्।पार्टी एउटै संरचनामा कसरी अट्छ,फरक धारका नेताबीच संवाद कसरी स्थापित हुन्छ भन्ने कुरालाई महत्त्वपूर्ण रुपमा हेरिएकाे छ। 

गगन-देउवा टकराव अन्तत:कांग्रेसलाई नयाँ पुस्ता र नयाँ कार्यशैलीतर्फ लैजाने माेड बन्छ वा लामाे समयदेखि रहेकाे गुटगत संघर्षलाई अझ गहिराे बनाउँछ।यसकाे उत्तर दुई पक्षकाे महाधिवेशन र राजनीतिक संवादले दिने छ।ईतिहास बाेकेकाे पार्टी अहिले यसरी दुई धारमा बाँडिनुले कांग्रेसकाे अस्तित्वमाथी नै प्रश्न चिन्ह खडा गरेकाे हाे।

विपीको प्रजातान्त्रिक समाजवादप्रति आस्थावान,राष्ट्रिय लोकतन्त्र र समाजवादलाई आत्मसात गर्ने तथा विपीको आदर्श,विचार,र सिद्धान्तलाई आफ्नो राजनीति मार्गदर्शन ठान्ने,गणेशमानको त्याग र निष्ठालाई आत्मसात गर्ने सबै  लोकतन्त्रप्रेमी कांग्रेस अहिले यसरी दुई धारमा विभाजित हुनुले सिंगाे लाेकतान्त्रिक पार्टीभित्र संकट निम्त्याउनु देखिएकाे छ। 

२००७ सालको एकतन्त्रीय निरंकुश राणाहरुका विरुद्धमा गरेको जनक्रान्ती,२०४६ सालको पन्चायत विरुद्धको संघर्ष र २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट खोसिएको प्रजातन्त्रको पुनः प्राप्ती २०६२/६३ को दोश्रो जनाआन्दोल हुँदै विस्तृत शान्ति सम्झौता र नेपालको संविधान २०७२ को निर्माणसम्म नेपाली कांग्रेसले गरेकाे त्याे महत्त्वपूर्ण याेगदान ईतिहासका पानामा जिवीत छ।

राणा विरुद्ध,पन्चायत विरुद्ध संघर्ष गर्न देखि,मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन गरेकाे कांग्रेसकाे योगदान,नागरिक स्वतन्त्रता,सामाजिक न्याय,सुशासन,

विधिको शासनका लागि योगदान दिएको कांग्रेस अहिले  इतिहासकै कमजोर अवस्थामा गुज्रीएकाे छ।कांग्रेस विपीवाद र गणेशमानको  त्याग र निष्ठाबाट अहिले  बिचल्लीत छ। 

आफ्नो आदर्श विचार र सिद्धान्तबाट पछि हटेर पतनकाे  संघारमा लम्किएकाे कांग्रेसलाई अब नयाँ शिराबाट कसरी माथी उठाउन सकिन्छ।पार्टीको आदर्श,सिद्धान्त,विचार र दर्शनलाई रक्षा गर्दै संकटमा पुगेको कांग्रेस अब जनताका बीचमा पुरानै विश्वास कसरी जगाउन सक्ने विषय प्रमुख चुनौतीकाे बिषय बनेकाे छ।

कांग्रेसमा युवा नेतृत्वकाे आशा:

कांग्रेसमा अहिले युवा नेतृत्वलाई महत्त्वपूर्ण दृष्टिकोणले हेरिएकाे छ।कतिपयले गगनले नेतृत्व समालेर सकिन लागेकाे कांग्रेस जाेगाउनु पर्ने मत राखेका छन्।भने कतिपयले देउवाले नै कांग्रेसकाे अस्तित्व संकटबाट बचाउने मत राख्दै आएका छन्।कुर्सी तानातानमा व्यस्त रहेका कांग्रेसी नेताहरुलाई पार्टीकाे इतिहासबारे कुनै चिन्ता छैन्।

पार्टीकाे ईतिहास अहिले लज्जास्पद अवस्थामा पुगेकाे छ।पार्टीलाई निस्वार्थ भावनाले माया गर्ने कार्यकर्ता अहिले अलमलिएका छन्।कांग्रेस प्रति गुमेकाे जनताकाे विश्वास भराेसा,र पार्टीप्रतिकाे च्रम वितृष्णा र असन्तुष्टिलाई चिर्दै जनताको मन जित्ने अशल नेतृत्व कांग्रेसलाई चाहिएकाे छ।

गगन थापा नै कांग्रेसको सभापति बन्नुपर्छ र कांग्रेस हाक्नुपर्ने कयौं युवा पुस्ताकाे माग छ।युवा पुस्ताले नेपाली राजनितीमा अब कसैप्रति आश,भराेसा छ भने त्याे गगन थापा नै रहेकाे बताउँदै आएका छन्।थापाकाे आट,हिम्मत र साहसले नै  अब कांग्रेसकाे अस्तित्व जाेगिने आम कांग्रेस युवा नेतृत्वकाे धारणा छ।  

समय अनुसार आफुलाई बदलेर,विधि पद्धति,निर्वाचन आयोग,र देशको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले बैधानिकता दिएको आधिकारिक कांग्रेसमा लाग्नु नै उचित ठानिन्छ।तर यसकाे फैसला अझै हुन् बाँकी छ।थापा पक्षले एकताकाे सन्देश दिईरहेकाे बेला देउवा पक्ष आफ्नै राजनितीक प्रक्रियालाई निरन्तरता दिईरहेकाे छ।

अहिले गगन-देउवा टकरावले केवल दुई पुस्ताबीचकाे संघर्षका रुपमा मात्र हेर्नुभन्दा कांग्रेसकाे नेतृत्व,संगठन र राजनीतिक पुन:संरचनासँग जाेडिएकाे आन्तरिक संघर्षका रुपमा हेर्नुपर्ने देखिन्छ।एउटै कांग्रेस,दुई पुस्ता-एकातिर ‘हाम्रो पालामा’ भन्ने अनुभव अर्कोतिर  ‘अब हाम्रो पालाे ’ भन्ने उत्साह।कुर्सी एउटै छ,तर कुर्सीमा पुग्ने बाटो भने दुईतिर फर्किएको छ।अब हेर्नु छ,अन्ततः घरको चाबी कसको हातमा पुग्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button