चुमनुब्रीकी उपाध्यक्ष गुरुङ भन्छिन्- भोटेकोशीको झल्को दिनेगरी बाढी आएको छ

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताइन् ।
उनले छोटोकुराकानीमा बूढीगण्डीको बाढीलाई १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी जस्तै भएको सुनाइन् ।
उनले भनिन्, ‘बूढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ । दर्जनौं घरहरू बगाएका छन् । क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन ।’



