बाजुरामा दशैंतिहार लक्षित सहुलियत पसल बन्द, सहुलियत मौज्दात हुँदा सकस

बाजुरा- हरेक वर्ष दशैं तिहारमा संचालन हुँदै आएको सहुलियत पसल यो वर्ष भने बन्द भएको छ । सहुलियत पसल संचालनको खाद्यान्न सकिएपछि दशैंतिहारकोमा पसल संचालनमा समस्या भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयले बाजुरमा सहुलियत मौज्दात चामल रहेको भएपनि अुनमती नदिएपछि दशैं तिहार सहुलियत पसल संचालन बन्द भएको हो ।
शाखा कार्यालय बाजुराका अनुसार हरेक वर्ष बाजुराका लागि आउने २ हजार क्वीन्टल चामल आउने गरेको भएपछि यो वर्ष ८ सय ५५ क्वीन्टल चामल सहुलियत दरमा विक्रीका लागि आएको हो । सोही आएको चामल मार्तडी शाखामा विक्री भएर सकिएपछि सदरमुकाममा उक्त पसल संचालन हुन नसकेको हो ।
साउनबाट चामलको सहुलियत पसल संचालनका लागि अनुमति आएको भएपनि मार्तडी शाखामा ८५५ क्वीन्टल चालम सकिएको शाखाले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको समितिको बैठकको निर्णयानुसार दशैं तिहारमा सहुलियत पसल संचालनका सहुलियत खाद्यान्नको लागि केन्द्रीय कार्याललाई पत्र पठाएको भएपनि खाद्यान्न सहित अनुमति नआएको बाजुरा शाखा मार्तडीले जनाएको छ ।
जिल्ला शाखा मार्तडी शाखामा यहाँका सर्वसाधारणलाई हरेक वर्ष दशैं तिहारमा सहुलियत पसल संचालन गरी खाद्यान्न विक्री हुँदै आएको भएपनि यो वर्ष साउनबाट संचालन हुँदा थप सहुलितका लागि खाद्यान्न नआएपछि पसल नै बन्द भएको हो । सोही पसल संचालनका लागि केन्द्रीय कार्यालयले अनुमति दिएको छैन ।
हाल मार्तडी शाखामा पाइने जिरा मसिनो, अरुवा मोटा चामल, स्टिम जिरा, चिनी र गहुँ विक्री हुदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताएका छन् ।
बार्जु खबरले दशैं तिहारमा सहुलियत पसल किन संचालन नभएको भन्ने प्रश्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका सूचना अधिकारी माधव मिश्रका अनुसार गएको साउन २८ गतेबाट हरेक जिल्लामा सहुलियत दरमा पसल संचालन गर्न परिपत्र गरेको र सोही अनुसार जिल्ला शाखाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
उनले सरकारले देशभरका लागि ३ करोड सहुलियत रकम बजेट विनियोजन गरेकाले केन्द्रीय कार्यालयले सबैलाई बाँडफाँड गर्दा जिल्लाले पाए अनुसार आवश्यकताका आधारमा सहुलियत पसल संचालन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
सहुलियतका लागि बाँडफाँडपछि परेको दुई हजार क्वीन्टल चामल शाखा र स्थानीय तहमा लगेर सहुलियत पसल संचालन गर्ने अधिकार शाखाको रहेको सूचना अधिकारी मिश्रले बताए ।
केन्द्रले आवश्यकताका आधारमा जिल्ला शाखाहरुलाई सोही बजेटमा रहेर चामल खरिद गर्ने गरेको पनि सूचना अधिकारी मिश्रको भनाई रहेको छ ।
साउन २८ गते नै केन्द्रीय कार्यालयले वर्षभरी सहुलियत पसल संचालनको परिपत्र गरेपछि शाखाहरुले सोही कार्यान्वयन गरेको भएपनि दशैं तिहारमा हुने सहुलियत पसल बने बन्द भएको हो ।
सहुलियत पसल संचालन नहुँदा पुरानै मुल्यमा चामल विक्री भइरहेको छ । शाखा मार्तडी शाखामा पुरानै दरमा चामल विक्री वितरण भइरहेको बाजुरा शाखा प्रमुख भण्डारीले बताए ।
मार्तडी शाखामा दिइएको सहुलियतको ८५५ क्वीन्टल चामल सकिएको र थप दशैं तिहारका लागि खाद्यान्न माग गरेको भएपनि हालसम्म कुनै परिपत्र नआएको शाखा प्रमुख भण्डारीको भनाई रहेको छ । दशैं तिहारका लागि खाद्यान्न अभाव नभएपनि सहुलियत दरको पसल संचालन भने रोकिएको छ ।
शाखा कार्यालय मार्तडीमा अरुवा मोटो चामल एक हजार ४५ क्वीन्टल, स्टिम जिरा ३० दशमलव २५ क्वीन्टल, चिनी १७० दशमलव ७७ क्वीन्टल र गहुँ ७४ दशमलव ७५ क्वीन्टल मौज्दात रहेको शाखा प्रमुख भण्डारीले बताए ।
यस्तै कोल्टी शाखामा अरुवा मोटो चामल ७६५ क्वीन्टल चामल मौज्दात रहेको छ । कोल्टी शाखामा १२ सय ३५ क्वीन्टल चामल सहुलियत पसल संचालन आएको थियो । सहुलियतका लागि आएको चामलले कोल्टीमा दशैंतिहार लक्षित सहुलियत पसल संचालनमा आएको हो ।
मार्तडी शाखाले संचालन गर्दै आएको अस्थायी डिपोहरुमा पनि खाद्यान्न मौज्दात रहेको छ । जिल्लाका ९ स्थानीय तहका ८ पालिकाका ९ ठाउँमा अस्थायी डिपो संचालन हुँदै आएको छ ।
बुढीगंगा नगरपालिका र बडीमालिका नगरपालिकामा भने खाद्यको अस्थायी डिपो नभएको जनाइएको छ । मार्तडी शाखा सदरमुकाममा भएकोले थप डिपो संचालनको आवश्यकता नभएको र बुढीगंगा नगरपालिकाले भने अस्थायी डिपोका लागि माग नगरेको मार्तडी शाखा प्रमुख भण्डारी बताउँछन् ।
हिमालीको विच्छ्या, धुलाचौर, स्वामीकार्तिक खापरको मुक्तिकोट, जगन्नाथ गाउँपालिकाको जुड्डीमा सहुलियत पसल संचालनका लागि एक सय क्वीन्टल चामल पठाइएको छ ।
बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा रहेको अस्थायी डिपोमा सहुलियत पसल संचालन गर्न खाद्यान्न पठाउने तयारीमा रहेको शाखा बाजुराले जनाएको छ । वर्षायामले बाटो राम्ररी नखुलेका कारण पाण्डुसैनमा खाद्यान्न पठाउन बाकी रहेको छ ।
मार्तडी शाखा प्रमुख भण्डारी भन्छन्– “कोल्टी शाखा सहित विच्छ्या, धुलाचौर, मुक्तिकोट र जगन्नाथमा सहुलियत अर्थात ५ रुपैयाँ छुटमा खाद्यान्न विक्री भइरहेको छ । ६१ रुपैया पर्ने अरुवा मोटा चामल ५६ रुपैयामा अस्थायी डिपोमा विक्री भइरहेको छ । तर मार्तडी शाखामा भने ६१ रुपैयाँमा नै विक्री वितरण हुँदै आएको छ ।”
यस्तै गौमुल र खप्तड छेडेदह गाउँपालिकामा अस्थायी डिपोमा विक्री गर्ने ठेकेदार कम्पनीले नियुक्त नगरेका कारण सहुलियत पसल संचालन हुन नसकेको मार्तडी शाखा प्रमुख भण्डारीले बताए ।
सहुलियत दरमा पसल संचालन नहँुदा मार्तडीमा अरुवा मोटो चामल प्रतिकेजी ६१ रुपैया, स्टिम जिरा प्रतिकेजी ९२ रुपैया, चिनी ११० रुपैया र गहुँ प्रतिकेजी ५३ रुपैया केजीमा विक्री हुँदै आएको छ ।
दशैं तिहरा लक्षित सहुलियत दरमा पसल संचालन भएमा प्रत्येकमा ५ रुपैयाँमा दरले मूल्य घटाएर उपभोक्तालाई खाद्यान्न विक्री हुने गर्छ । सहुलियत पसल संचालन नहुँदा पुरानै मूल्यमा खाद्यान्न किनेर खान यहाँका स्थानीय बाध्य भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button