चीनसँगको १४ वटा सीमा व्यापार विन्दुहरू नियमित सञ्चालन गर्न पहल गर्ने प्रस्तावित राजदूतको प्रतिबद्धता

काठमाडौं- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अहिले शर्माको संसदीय सुनुवाइ जारी छ ।

कनेक्टिभिटी, पारवहन र सीमा सहयोग सम्बन्धमा प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘१४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार गर्न पहल गर्नेछु ।’

नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत चार समुद्री बन्दरगाह र तीन आन्तरिक सुख्खा बन्दरगाहको अधिकतम उपयोग गर्ने योजना सुनाए ।

साथै, केरुङ रेल कनेक्टिभिटी विस्तारको सम्भावना नजिकबाट अनुगमन, ल्हासा, सीमावर्ती समुदाय र पारवहन सहयोग लगायतका विषय उनले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

ल्हासास्थित महावाणिज्य दूतावासलाई सीमा सञ्चालन, कैलाश मानसरोवर तीर्थयात्रा, व्यापार र नेपाली नागरिकको हितको केन्द्र बनाउने पनि उनले बताए ।

कन्सुलर क्षमता सुदृढीकरण र आपत्कालीन सहायता व्यवस्थित गर्ने पनि उल्लेख गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button