सुनकाे मूल्य घट्याे

काठमाडौं-  बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button