खेलकुद क्षेत्रको विकासमा ध्यान दिन आवश्यक : समन्वय प्रमुख रोकाया

बाजुरा- जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले खेलकुद क्षेत्रको सर्वाङ्गिण विकासमा योगदान दिन आग्रह गरेका छन् ।
मंगबालर जिल्ला खेलकुद समिति बाजुराले आयोजना गरेको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले खेलकुदका क्षेत्रका विकास कसरी गर्न सकिन्छ,भन्नेमा ध्यान दिन आवश्यक रहेको बताए ।
खेल क्षेत्रमा एक पाइला अघि सार्दै स्वास्थ्य र राष्ट्रका लागि योजना बनाएर अघि बढ्नपर्नेमा जोड दिएका छन् । खेलकुदको क्षेत्रमा अमुचित विकास र न्यायोचित विकासमा अनुसरण गर्दै एक पाइला अघि बढाउदै गएमा खेल क्षेत्र फस्टाउदै परिचित बन्दै जानेमा धारणा राखेका छन् ।
खेल क्षेत्रले समुदाय राष्ट्रको पहिचान हुने भएकाले कमीकमजोरी र त्रुटी सच्याउदै अघि बढ्नुको विकल्प नभएको समन्वय प्रमुख रोकायाको भनाई रहेको छ ।
उनले तीनै तहको सरकारसंग समन्वयात्मक भूमिका रहेर खेलकुदलाई पहिलो प्राथमिकता राख्दै काम गर्न नवनियुक्त पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
खेलकुद क्षेत्र समितिको जिम्मेवारीमा भएकाले यसलाई ध्यान दिएर अघि बढ्नु पर्ने समन्वय प्रमुख रोकायाले बताए ।
बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा कुमारी थापाले काम कर्तव्य र अधिकारभित्र रहेर इमान्दारिताका साथ लाग्न सनवनियुक्त समितिलाई आग्रह गरेकी छन् ।
उनले खेलकुद क्षेत्रमा व्यवस्थित र प्रतिष्पर्धाका रुपमा खेल खेलाएर खेलाडीको मनोवल उच्च बनाउने गरी समितिले काम गर्ने विश्वास गरेकी छन् । समितिले इमान्दारिता र पारदर्शिता हुनु नै खेलको विकास हुनेमा धारणा थापाको रहेको छ ।
खेलकुद क्षेत्रमा प्रशिक्षक र खेलाडीमा अनुशासन र इमान्दारिता आवश्इक रहेको नगर उप प्रमुख थापाको भनाई रहेको छ । नगरपालिका खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले खेलकुद समितिले गर्ने कार्यमा तत्परता रहने र खेलको विकासमा महत्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गरेका छन् ।
जिल्लामा हुने खेल क्षेत्रमा सबैले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए ।
जिल्ला खेलकुद समितिकी अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीरामा रोकाया प्रमुख अतिथी रहेका थिए ।
पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बडीमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा विशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका प्रमुख दिपेन्द्र बम, शसस्त्र प्रहरी निरिक्षक प्रदिप राउत, शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख चक्र बहादुर कुन्जडे र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह अतिथी रहेका थिए ।
पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमको संचालन खेलकुद समितिकी सदस्य सचिव लक्ष्मी बडुवालले गरेकी थिइन् ।



