बाजुरा खेलकुद समितिले पायो पूर्णता, उपाध्यक्षमा रौले मनोनित

बाजुरा- जिल्ला खेलकुद समिति बाजुराले मंगलबार पूर्णता पाएको छ । कोपिला सिंह अध्यक्ष नियुक्त भएको लामो समयदेखि पूर्णता नपाएको समितिले आज पूर्णता पाएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद परिषदले पदाधिकारी सहित सदस्य नियुक्त गरृेपछि पूर्णता पाएको जिल्ला खेलकुल समिति बाजुराले जनाएको छ ।
खेलकुद समितिमा उपाध्यक्षमा छत्र बहादुर रौले, कोषाध्यक्ष महेश कार्की सहित सदस्यरुले मंगलबार पद तथा गोपनीताको सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त उपाध्यक्ष सहित सदस्यहरुले खेलकुद क्षेत्रको सर्वाङ्गिण विकासमा टेवा पुग्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लामा हुने हरेक खेलकुदका गतिविधीलाई समिति मार्फत थप व्यवस्थित बनाउदै खेलकुदलाई विशेष ध्यान दिने नयनियुक्त पदाधिकारी तथा सदस्यहरुको भनाई रहेको छ ।
जिल्ला खेलकुद समितिकी अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीरामा रोकाया प्रमुख अतिथी रहेका थिए ।
पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बडीमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा विशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा प्रहरी नायव उपरिक्षक शैलेश्व्री बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका प्रमुख दिपेन्द्र बम, शसस्त्र प्रहरी निरिक्षक प्रदिप राउत, शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख चक्र बहादुर कुन्जडे अतिथी रहेका थिए ।
पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमको संचालन खेलकुद समितिकी सदस्य सचिव लक्ष्मी बडुवालले गरेकी थिइन् ।



