बाढीले विरेखोलाका २३ परिवार विस्थापित, खेतीयोग्य जमिन बन्यो बगर
बाजुरा- शुक्रबार राति अविरल वर्षासंगैको विरेखोलामा आएको बाढीले २३ परिवार विस्थापित भएका छन् ।
पर्यटकीय रुपमा रहेको बडीमालिका नगरपालिका ६ मा पर्ने विरेखोला झरनाको माथिपट्टीबाट पहिरो आएर बाढी आएपछि उक्त क्षेत्रका २३ परिवार विस्थापित भएको वडा नम्बर ६ का कार्य बहाक वडाध्यक्ष परे बडुवालले बार्जुखबरलाई जानकारी दिएका छन् ।
शुक्रबार राति आएको बाढीले विरेखोलाको बस्ती नै जोखिममा भएपछि २३ परिवारलाई साँफे–मार्तडी राजमार्ग सडकको माथिपट्टी पदाला भन्ने ठाउँमा त्रिपाल सहित सुरक्षित स्थानमा सारिएको कार्यबहाक वडा अअध्यक्ष बडुवालले बताएका छन् ।
शुक्रबार राति भारी वर्षाभएपछि विरेखोला झरनाको संरचना नै विग्रने गरी बाढी आएको वडाध्यक्ष बडुवालले बार्जुखबरलाई बताए । पर्यटकीय सम्भावनाका रुपमा लिइएको विरेखोला झरनामा दुई पटक बाढी आएर संरचना नौ विगारेको कार्यmबहाक वडाध्यक्ष बडुवालको भनाई रहेको छ ।
गएको साउन ८ गते राति अविरल वर्षासंगै विरेखोला झरनामा ठुलो बाढी आएको थियो ।
उक्त बाढीले बस्तीको आसपास क्षेत्र कटान गरेको भएपनि शुक्रबार राति उक्त खोलामा आएको बाढीले कृषकले लगाएको धान खेती नगै सखाप पारेर बस्ती समेत उच्च जोखिममा रहेको छ ।
विरेखोला झरना नजिकै रहेका ४१ जना परिवार मध्ये २३ परिवारको सामान ओसार्दै राजमार्ग माथि रहेको खाली जमिनमा सारिएका छन् ।
विरेखोला झरनामा बाढी आएपछि विस्थापित भएका २३ परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले त्रिपाल सहयोग गरेर सुरक्षित स्थानमा सारिएको कार्यबहाक वडा अध्यक्ष बडुवाल बताउँछन् ।
विरेखोला झरनामा बाढीले थप क्षति पुर्याउने हुँदा सबैलाई सुरक्षित ठाउँमा सर्न सुझाव दिइएको भएपनि १८ परिवारले भने बाढीको उच्च जोखिममा रहेको घरमा बसेका छन् ।
लगातार भारी वर्षा भइरहेकाले बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउदै सुरक्षित स्थानमा बस्न प्रहरी र वडा कार्यालयले आग्रह गर्दा पनि १८ परिवार जोखिम रहेको घरमा बसेको कार्य बहाक वडाअध्यक्ष बडुवालले भने । बस्तीसंगै खोलामा आएको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
कार्य बहाक वडाध्यक्ष बडुवाल भन्छन्,–“बाढीबाट विस्थापित भएका २३ परिवारको घरभित्र रहेको अन्नपात,लुत्ताकपडा,भाँडाकुँडा सहित ओसार्दै सुरक्षित स्थान सारिएको र १८ परिवार बाढीको जोखिममा रहेको घरहरुमा बसेका छन् ।”
उनीहरुलाई सुरक्षित स्थानमा बस्न सुझाव दिदा पनि नमानेको हुन् । बाढी आएर ४१ परिवारको घरहरु नै बगाउन सक्ने सम्भावना भएकाले जोखिम घरमा नबस्न सुझाव दिइएको छ ।
लगातारको अविरल वर्षासंगै बाजुरामा बाढी र पहिरोको उच्च जोखिम बढ्दै गएको छ ।
वर्षासंगै आएको पहिरोका कारण गौमुल गाउँपालिकाका २८ परिवार उच्च जोखिममा रहेका छन् । भने खप्तड छेडेदह गाउँपालिका ५ डोगडीमा पहिरो आएर गोठ पुरिदा तीन वटा गोरु र सात बाख्रा एक गोरु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गगनसिंह भाटले बताएका छन् ।
बाढी र पहिरोको उच्च जोखिम बढेकाले सतर्कता अपनाउन र सुरक्षित रहन निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले आग्रह गरेका छन् ।
लगातार भारी वर्षा भइरहेकाले उच्च जोखिममा रहेका बस्तीका नागरिक र खोला तथा नदीको किनारमा बसोबास गर्ने स्थानीयहरुलाई सतर्कता सहित सुरक्षित स्थानमा बस्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताएका छन् ।



