चण्डिकालाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौँ-  बेत्रावतीबाट बाढी आएको ११औँ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अपरेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

घुँडाको अपरेसनसहित थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।

नेपाली सेनाको अस्पताल छाउनीमा श्रेष्ठको उपचार भइरहेको थियो । रोस्याराले रातोपाटीसँग भने, ‘अहिले इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ ।’ 

चण्डिकाको घुँडाको अपरेसन गर्न लागिएको छोरा आशिष श्रेष्ठले जानकारी दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button