खाद्यमा चामलको मूल्य घट्यो

बाजुरा- खाद्य तथा व्यापार कम्पनी लिमिटेड बाजुराबाट विक्री वितरण हुँदै आएको चामलको मूल्य घटेको छ ।
बिहीबार उक्त कम्पनी लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै विक्री हुँदै आएको अरुवा मसिनो चामल,मोटा चामलको मूल्य घटेको जनाएको छ ।
कम्पनी लिमिटड बाजुरा शाखाका प्रमुख उमेश भण्डारीका अनुसार केन्द्रीय कार्यालयको सातौं वार्षिकोत्सवको अवसरमा सहुलियत छुट मूल्यमा पसल संचालन निर्देशिका अनासार आजबाट लागु हुने गरी प्रतिकेजी ५ रुपैयाका दरले मूल्य घटेको बार्जुखबरलाई जानकारी दिए ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कम्पनी लिमिटेडबाट विक्री हुने चामलको मूल्य घटाएको शाखा प्रमुख भण्डारीले बताएका छन् ।
शाखबाट विक्री हुने अरुवा मोटो चामलको ६१ रुपैयामा विक्री हुने गरेको भएपनि ५ हजार घटेर ५६ रुपैया प्रतिकेजीको एक हजार चार सय, स्टिम जिरा मसिनो चामलको ९२ रुपैयाको ५ रुपैया घटेर ८७ रुपैयाको प्रतिकेजीका दरले दुई हजार १७५ रुपैयाँ र गहुँको ५३ रुपैयामा विक्री हुदै आएको भएपनि ५ रुपैया घटेर प्रति केजी ४८ रुपैयाका दरले एक हजार २ सय रुपैयामा विक्री हुने भएको भण्डारीको भनाई रहेको छ ।
शाखा कार्यालय बाजुरामा सहुलियत दरमा विक्री हुने भएकाले सेवाग्राहीलाई सार्वजनिक सूचना जारी गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button