सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, सरकार गठनको आह्वान

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् ।

सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।

अब नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिअनुसार नेकपा नेतृत्वमा सरकार बनाउने तयारी छ । नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने चर्चा छ । यद्यपि, पार्टीभित्रै उनका विषयमा विभिन्न खाले मत रहेको बताइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button