मकवानपुरको जुरिखेतमा जिप दुर्घटना

हेटौंडा- हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ ।
दुर्घटनाको जानकारी पाए लगत्तै भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थलतर्फ गएको छ ।
जिपमा ६ जना सवार रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



