तपाईकाे आजकाे राशिफल

वि.सं.२०८३ साल भाद्र ५ गते । शुक्रबार । ईश्वी सन् २०२६ अगष्ट २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–नवमी, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त दशमी । नक्षत्र–अनुराधा, दिउसो १ बजेर २९ मिनेट उप्रान्त ज्येष्ठा । 

योग– ऐन्द्र, बिहान ७ बजेर १० मिनेट उप्रान्त वैधृति । करण–बालव, बिहान १० बजेर ५१ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी २३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

आजको बार बेला 
बिहान ५ बजेर ३७ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ३८ मिनेटदेखि बिहान ७ बजेर १५ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर १६ मिनेटदेखि बिहान ८ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५३ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ६ मिनेटसम्म शुभ बेला ।
दिउसो १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखि दिउसो ३ बजेर २० मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर २१ मिनेटदेखि बेलुकी ४ बजेर ५७ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ५८ मिनेटदेखि बेलुकी ७ बजेर ५७ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर २८ मिनेटदेखि दिउसो १२ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर १ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको चाप र थकाइबाट विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन राम्रै हुनेछ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारिताको कदर सबैले गर्नेछन् । व्यापार तथा शेयर बजारबाट लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्ति लाभ हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button