रसुवा बाढी पिडितलाई बुढीगंगाले २२ लाख ९२ हजार सहयोग गर्ने

बाजुरा- रसुवाको भोटेकोशी नदी आएको बाढीबाट पिडितहरुलाई राहतका लागि बुढीगंगा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको निर्णयले जनप्रतिनिधी र कर्मचारीहरुको तलवबाट आधा रकम कट्टी गरी आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
बाढीले क्षति गरेका पिडितहरुका लागि सरकारले सहयोगका लागि आह्वान गरेकोले पालिकाका जनप्रतिनिधी र कर्मचारीबाट एक महिनाको केही दिनको तलवबाट राहत कोषमा रकम जम्मा गर्ने नगर प्रमुख बानियाँले बताए ।
विनाशकारी बाढीले पुर्याएको क्षतिका पिडितहरुलाई सहयोग स्वरुप जनप्रतिनिधी र कर्मचारी गरी २२ लाख ९२ हजार ३३२ रुपैया प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्नmे निर्णय भएको नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बाढीबाट प्रभावित बनेका पिडितहरुलाई एकद्धार मार्फत राहत वितरण हुने भएकाले प्रधामन्त्री दैबी प्रकोप उद्धार कोषमा उक्त रकम बैंक मार्फत पठाउने बताए ।
स्वामीकार्तिक खापर गाउँपालिकाले सोमबार नै गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको एक महिनाको तलबबाट दुई दिनको पैसा रसुवाका बाढी पिडितका लागि सहयोग गर्ने निर्णय गरेको थियो ।
बाढीबाट प्रभावित भएर विस्थापित भएकाहरुका लागि सरकारले सहयोग गर्न आग्रह गरेको छ । बाजुराबाट रसुवाका बाढी पिडितका लागि सहयोग गर्ने बुढीगंगा नगरपालिका दोस्रो पालिका रहेको छ ।



