रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ ।

प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।

बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ । प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button