विद्युतकाे खम्बा खसेर एक  कर्मचारी घाइते


बाजुरा- लगातारकाे अविरल वर्षाका कारण अवरुद्ध भएकाे साँफे मार्तडी राष्ट्रिय प्रसारण लाईनकाे खम्बाकाे ठाडाे बनाउने  क्रममा विद्युत खम्बा ढलेर एक जना कर्मचारी घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका कर्मचारी अन्दाजी ५५ वर्षीय अके रावल रहेकाे प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले जानकारी दिएका छन् ।
बडीमालिका नगरपालिका-६ नुनेपालीमा ढलेकाे खम्बा ठाडाे बनाउने क्रममा हातबाट चिप्लिएर खसेपछि घाइते भएकाे  बताए ।
खम्बा खसेर  घाइते भएका रावलकाे प्रमुख जिल्ला अधिकारी निराैलाकाे गाडीमा उपचारका लागि अछामकाे प्रादेशिक अस्पताल बयालपाटा पठाईएकाे छ ।
घाइते भएका रावलकाे खुट्टा र टाउकाेमा चाेट लागेकाे छ । उनकने अवस्था सामान्य रहेकाे बताइएकाे छ। अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button