बाजुराका ६९ वडामा असोज ४ गते वडा अधिवेशन हुने, इतर पक्ष अधिवेनशमा सहभागी नहुने

बाजुरा- नेपाली काँग्रेसको १५औं महाधिवेशनको तयारीका लागि नेपाली काँग्रेस बाजुराले ६९ वडामा असोज ४ गते वडा अधिवेशन गर्ने जनाएको छ ।
नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलका अनुसार पार्टी केन्द्रीय कार्यालयले अ‍ोज ३ र ४ गते मिति तोेकेको भएपनि पार्टीले पठाएका सामग्री ढिला गरी पुगेको र पालिकाका सबै वडामा निर्वाचन सामग्री पठाउने कार्य भइरहेकोले असोज ४ गते गर्ने बताए ।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार ६९ वडामा रहेका क्रियाशिलहरु मध्येबाट वडा कार्य समिति चयनका लागि निर्वाचन सामाग्री शुक्रबारबाट नगै पालिकामा पठाउने कार्य भइरहेको सभापति रावलले बताएका छन् ।
भौगोलिक विकटता भएकाले समयमै निर्वाचन सामग्री नपुगेकाले ३ गते वडा अधिवेशन सम्भव नभएको हुँदा ४ गते अधिवेशन गर्ने गरी तयारी थालिएको सभापति रावलको भनाई रहेको छ ।
सामग्री पालिकामा पठाउने कार्य भइरहेकोले नजिकका पालिकामा आज पुगेपनि माथिल्लो क्षेत्रका चार पालिकामा ढिलो गरी निर्वाचन सामग्री पुग्ने भएकोले ४ गते नै अधिवेशन गर्ने तयारीमा लाग्न वडा कार्य समिति र पालिकालाई निर्देश गरिएको सभापति रावल बताउँछन् ।
असोज ३ र ४ गते हुने वडा अधिवेशनमा भने नेपाली काँग्रेस संस्थापन इतर शेर बहादुर देउवा समुह भने सहभागी नहुने भएको छ ।
वडाको अधिवेशन असोज १५ गतेबाट गर्ने गरी देउवा समुहले कार्य तालिका बनाएर अनुसार साृ कार्य तालिका बमोजिम अधिवेशनमा सहभागी हुने इतर समुहको अडान रहेको छ ।
विशेष महाधिवेशनबाट गगन नेतृत्वको अधिवेशनमा सहभागी नहुन समेत पार्टीको तल्लो तहमा विवाद देखिएको छ । वडा, पालिका, प्रदेश र जिल्ला अधिवेशनमा उक्त समुहले भाग नलिने देखिएको छ ।
जिल्लामा समेत दुई पक्ष देखिएको छ ।
काँग्रेस संस्थापन पक्ष सभापति गगन थापा र इतर पक्ष शेर बहादुर देउवाको समुह देखिएको छ । थापा संस्थापन पक्षका नेता तथा कार्यकर्ता अधिवेशनका लागि जिल्लामा आएपनि इतर समुहका नेता तथा कार्यकर्ता जिल्ला आएका छैनन् ।
पार्टीका पुर्व सहमहामन्त्री समेत रहेका बद्रीप्रसाद पाण्डे समेत अधिवेशनमा सहभागी भएका छैनन् । उनी पार्टीको दुबै पक्षलाई एकता बनाउन लागेको र कुनै पनि पक्षमा नलाग्ने अडान सहित जिल्लाको अधिवेशनमा सहभागी भएका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button