बेवारिसे भरुवा बन्दुक बरामद

बाजुरा- जिल्लाको गौमुल गाउँपालिकामा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक प्रहरीले शुक्रबार फेला पारेको छ ।
सोही गाउँपालिका-१ सुपाकानाको ओडारमा बेवारिसे अवस्थामा लुकाएर राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको टोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार प्रहरीले बरामद गरेको बेवारिसे भरुवा बन्दुक इलाका प्रहरी कार्यालय गौमुलको घटमुनामा राखिएको बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



