बाजुराका १२ वडाको अधिवेशन सकियो को को भए वडा सभापतिकाे नामावली सहित

बाजुरा- नेपाली काँग्रेसको १५ औं महाधिवेशनको लागि बाजुराका ९ पालिकाका पाँच पालिकाका १२ वडामा अधिवेशन सम्पन्न भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्रका ११ वडा र प्रदेश निर्वाचन क्षेत्र ख को १ पालिकाको एक वटा वडाको अधिवेशन सम्पन्न भएर नयाँ कार्य समिति भयन भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
काँग्रेस बाजुराका सभापति रामसिंह रावलका अनुसार हिमाली गाउँपालिकाको वडा नम्बर १,३,७, स्वामीकार्तिक खापर गाउँपालिकाको १,२,३, जगन्नाथ गाउँपालिकाको वडा नम्बर १ र २ र बुढीनन्दा नगरपालिकाको वडा नम्बर २,३ र ७ मा वडा अधिवेशनबाट नयाँ कार्य समिति निर्वाचित भएको बताए ।
यस्तै बडीमालिका नगरपालिका वडा नम्बर १ मा पनि वडा कार्य समितिको नयाँ नेतृत्व सर्वसहमतीमा निर्वाचित भएको सभापति रावलले बताएका छन् ।
यी हुन् वडा सभापति सहितको निर्वाचित कार्य समितिः
स्वामीकार्तिक खापर गाउँपालिका
वडा नम्बर १
सभापति: रत कार्की
वडा नम्बर २
सभापति: रत्नलाल भण्डारी
वडा नम्बर ३
सभापति: निर्मल विक्रम सिंह
हिमाली गाउँपालिका
वडा नम्बर १
सभापति: विरलाल रोकाया
वडा नम्बर ३
सभापति: जसमल रोकाया
वडा नम्बर ७
सभापति: धर्मेन्द्र अधिकारी
बुढीनन्दा नगरपालिका
वडा नम्बर २
सभापति: भरत खत्री
वडा नम्बर ७
सभापति : नरलाल वि.क.
वडा नम्बर ३
सभापति : विष्णु बुढा
बडीमालिका नगरपालिका
वडा नम्बर १
सभापति : गंगबहादुर कार्की
जगन्नाथ गाउँपालिका
वडा नम्बर १
सभापति : हिमाल विष्ट
वडा नम्बर २
सभापति : गजेन्द्र विष्ट



