काँग्रेस हिमालीको १,३ र ७ वडामा नयाँ नेतृत्व चयन


बाजुरा-
नेपाली काँग्रेस हिमाली गाउँ कार्य समितिको वडा नम्बर १,३ र ७ वडाको वडा अधिवेशनबाट नयाँ वडा कार्य समिति चयन भएको छ ।वडा नम्बर १ को वडा अधिवेशनबाट विरलाल रोकायाको नेतृत्वमा ७ सदस्यीय वडा कार्य समिति चयन भएको छ ।
सभापतिमा रोकाया रहने गरी उप सभापति गौरीलाल बोहरा, महिला उप सभापति मनोशोभा थापा, सचिव सुद्धराज रोकाया, र सहसचिवमा बाचन रोकाया निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य समितिले जनाएको छ ।
यस्तै वडा नम्बर ३ को वडा सभापतिमा जसमल रोकाया, उपसभापति नविन थापा, उपसभापति महिला मालपुरा रोकाया, सचिव दिल बहादुर बुढा, र सहसचिवमा रण बहादुर रोकाया सहित ७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ को वडा अधिवेशनबाट सभापतिमा धर्मेन्द्र अधिकारी उप सभापति, सर्पजीत दमाई, महिला उप सभापति पन्ना बोगटी, ुसचिव विमल अधिकारी, र सहसचिवमा गंग तिमिल्सेना सहित ७ सदस्यीय वडा कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
हिमाली गाउँपालिकाका ९ वडा मध्ये ४ वडामा भने भोलि अधिवेशन हुने भएको छ ।
९ स्थानीय तहका ६९ वडाका १२ वडामा वडा अधिवेशन शनिबारबाट सुरु भएको छ । तीमध्ये ९ वडाको नयाँ कार्य समिति चयन भएका छन् भने तिमध्ये बुढीनन्दाका ५,६ र ८ वडामा अधिवेशन उद्घाट गरिएपनि कार्य समिति चयन हुन बाकी रहेको छ ।
अन्य ५७ वडाको अधिवेशन असोज ४ गते आइतबार हुने नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button