स्वामीकार्तिक ३ को वडा सभापतिमा सिंह निर्वाचित

बाजुरा- नेपाली काँग्रेस स्वामीकार्तिक खापर गाउँ कार्य समितिको वडा नम्बर ३ को नयाँ वडा कार्य समिति चयन भएको छ ।
आज भएको वडा अधिवेशनबाट निर्मल विक्रम सिंहको नेतृत्वमा ९ सदस्यीय वडा कार्य समिति निर्वाचित भएको नेपाली काँग्रेस स्वामीकार्तिक खापर गाउँ कार्य समितिका सभापति महेश कटेलले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सभापति निर्मल विक्रम सिंह, उप सभापति धनसिंह कटेल, महिला उप सभापति जन्मा कटेल, सचिव नैनसिंह ल्वार र सह सचिव मेगराज कडारा निर्विरोध निर्वाचित भएको बताए ।
पाँच वडा रहेको गाउँपालिकाका चार वडामा अधिवेशन सुरु भएको र वडा नम्बर ४ मा भने भोलि अधिवेशन हुने सभापति कटेलले बताए ।
गाउँ कार्य समितिका ५ वडा मध्ये वडा नम्बर १,२,३ र ५ वडाको अधिवेशन सुरु भएको सभापति कटेलको भनाई रहेको छ ।
नेपाली काँग्रेसको १५ औं महाधिवेशनको पुर्वा सन्ध्यामा केन्द्रीय समितिले देशभरका सबै वडाहरुमा असोज ३ र ४ गते अधिवेशन गर्ने गरी मिति तोकेको छ ।
यसैगरी हिमाली गाउँपालिकाको चार वडामा पनि आज नै वडा अधिवेश सुरु भएको छ । सोही गाउँपालिकाको वडा नम्बर १,३,४ र ७ वडामा अधिवेशन सुरु भएको गाउँ कार्य समितिले जनाएको छ । अन्य वडाको भोलि अधिवेशन गरिने भएको छ ।
९ स्थानीय तहका ६९ वडाका ८ वडामा वडा अधिवेशन शनिबारबाट सुरु भएपनि ६१ वडाको अधिवेशन असोज ४ गते आइतबार हुने नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button