देउवा पक्ष काँग्रेसको प्रदेश क्षेत्रीय अधिवेशन अनिश्चितकाल स्थगित

बाजुरा- नेपाली काँग्रेस संस्थापन इतर शेर बहादुर देउवा पक्षको बाजुराको प्रदेश क्षेत्रीय कार्य समिति (क) र (ख)को अधिवेशन अनिश्चितकाल स्थगित गरिएको छ ।
नेपाली काँग्रेस देउवा पक्षको जिल्ला अधिवेशन सचिवाय संयोजक जनक थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा केन्द्रीय समितिको असोज २३ गते भनिएको प्रदेश क्षेत्रीय कार्य समितिको निर्धारित समयमा नहुने भएकाले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
पार्टीको जिल्लाका शिर्ष नेता र जिल्ला निर्वाचन तयारी समितिको निर्णयानुसार असोज २३ गते हुने प्रदेश क्षेत्रीय कार्य समितिको अधिवेशन स्थगित भएको हो ।
असोज १५ गतेदेखि १९ गते वडा अधिवेशन र २० गते पालिका अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक भएपनि बाजुरामा पालिका अधिवेशन २० गते नै सम्पन्न नभएपछि प्रदेश क्षेत्रीय कार्य समितिको अधिवेशन सारिएको बताइएको छ ।
पाँच पालिकाको अधिवेशन २० गते सम्पन्न भएपनि चार पालिकाको अधिवेशन हुन नसकेकाले प्रदेश क्षेत्रीय कार्य समितिको अधिवेशन अनिश्चितका लागि स्थगित गरिएको बताइएको छ ।



