सूचना प्रविधी र सेवाग्राहीमैत्री सेवा अहिलेको आवश्यकता हो : प्रजिअ रिजाल

बाजुरा
हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले हरेक सरकारी निकायबाट प्रवाह हुने सेवा प्रवाह सेवाग्राहीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार जिल्लास्थित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले अहिलेको समय भनेको प्रविधीको भएकाले सूचना प्रविधीमैत्री बनाएर सेवाग्राहीलाई उक्त प्रविधी मार्फत सेवा दिनुपर्ने आवश्यकता रहेको बताए ।
जिल्लाका हरेक कार्यालयले सूचना प्रविधीको प्रयोग गरी सेवाग्राहीहरुलाई सम्मानपूर्वक सेवा प्रवाह गर्नुपर्ने आवश्यकयता रहेको बताएका छन् ।
प्रजिअ रिजाललले भने–“सरकारी कार्यालयहरुले सेवाग्राहीहरुलाई राम्रोसँग सञ्चार गर्दै सम्मानपूर्वक सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्छ ।”
“हाल इन्टरनेटको क्रान्तिको समयमा परम्परागतमै सीमित नरही उपलब्ध भएसम्म सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ ।”
यस्तै, प्रजिअ निरौलाले शान्ति सुरक्षा कायम गर्न चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरिने बताउनु हुदैँ सञ्चारकर्मीहरुबाट थप सुधारका लागि समयमै सत्य सूचना उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीहरुले पनि सकरात्मक कुराहरुलाई मात्रै बढी जोड दिएर आमनागरिकहरुमा सूचना प्रवाह गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष पदमबहादुर सिंहसहित सहभागी सञ्चारकर्मीहरुले समग्र जिल्लाका विकास निर्माण, नागरिकहरुका समस्या, सम्भावना लगायत विविध विषयमा प्रजिअ रिजालासमक्ष जानकारी गराएका थिए ।



