प्रथम बडीमालिका कपमा लिग चरणका खेल सकिए, क्वाटर र सेमीफाइनलका खेल भोलि हुने

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा शनिबारबाट आयोजना गरिएको प्रथम बडीमालिका कप २०८३ को खुला भलिवल प्रतियोगिताको लिग चरणका खेल सकिएका छन् ।
आइतबार अर्थात आज भएका लिग चरणका खेलहरु भव्य रुपमा सकिएका हुन् । दर्ता भएका १० टिम मध्ये दुई टिमले खेलमा सहभागीता नजनाएपछि ८ टिमले लिग चरणका खेल खेलेका छन् ।
त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, जाल्पा मावि, केपी बा स्पोटर्स क्लब, जिल्ला प्रहरी कार्यालय र आयोजक खेलमा सहभागी भएको बडीमालिका नेचर प्रा.लि.का अध्यक्ष कृष्ण ओलीले जानकारी दिएका छन् ।
सहभागीताका लागि दर्ता भएका यु.बि. कन्ट्रक्सन र बान्नीगढी जयगढ गाउँपालिका अछामको टिम खेलमा सहभागी नभएको अध्यक्ष ओलीले बताए ।
लिग चरणमा सहभागी भएका ८ टिमले भोलि विहान ८ बजेबाट हुने क्वाटर फाइनलका खेल खेल्ने आयोजकले जनाएको छ । सोमबार विहान हुने खेलमा गौमुल गाउँपालिका र आयोजक बीच पहिलो खेल हुने प्रा.लि.का अध्यक्ष ओलीको भनाई रहेको छ ।
सदरमुकाम मार्तडीको खुलामञ्चमा संचालन भइरहेको प्रथम बडीमालिका कप प्रतियोगितामा लक्ष्मणसिंह मडै मुख्य रेफ्रीका रुपमा रहेका छन् ।
प्रकृतिको संरक्षण र प्रकृति बचाउने लक्ष्यका साथ सुरु भएको प्रथम खुला भलिवल प्रतियोगितामा १० टिमले नाम दर्ता गराएका थिए ।
बडीमालिका नेचर प्रालिले प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता यहीँ कात्र्तिक १० गतेसम्म सञ्चालन गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कारसहित मेडल प्रमाणपत्रका साथैं विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने गरिने आयोजकले जनाएको छ । मार्तडीमा ‘बडीमालिका कप’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु संचालन भएको हो ।
‘प्रकृतिको सुरक्षा र संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button