तपाइकाे आजकाे राशिफल

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल साउन ९ गते । शनिबार । इस्वी सन् २०२६ जुलाई २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–एकादशी मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अनुराधा, बिहान ६ बजेर १६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह्, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा, मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त बव, रातको १ बजेर ४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।

दिन विशेष :  हरिशयनी एकादशी व्रत । चतुर्मासारम्भ । तुलसी रोप्ने ।

आजको बार बेला ।

बिहान ५ बजेर २४ मिनेटसम्म काल बेला ।

  • बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ५ मिनेटसम्म शुभ बेला ।
  • बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म रोग बेला ।
  • बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि मध्यान्ह १२ बजेर १० मिनेटसम्म चर बेला ।
  • दिउँसो १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म काल बेला ।
  • बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४८ मिनेटदेखि बिहान ४ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र औद्योगिक क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । माया प्रेममा अविश्वास वा धोका हुनेछ । ऋण, रोग तथा शत्रुको सामान गर्नुपर्दा मन खिन्न हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ तथा छिमेकीसँग मनमुटाब बढ्ने ग्रहयोग रहेको छ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय लगानी गरे पनि आम्दानी न्यून हुनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनु नै राम्रो रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ ।  आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव बढ्नेछ । ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button