रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो ।

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो । बैठकमा महाधिवेशनको समीक्षा गर्ने मुख्य कार्यसूची छ ।

यस्तै, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन, समसामयिक घटनाक्रमबारे समीक्षा हुने रास्वपाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button