अपडेट : पहिरोमा परी एकको मृत्यु दुई घाइते

राेशन बुढा
बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा गएराति आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सुकी २२ वर्षीया प्रतिक्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घरमाथिबाट आएको पहिरो आएको थाहापाएपछि घर बाहिर निस्केने क्रममा च्यापिएर थापाको मृत्यु भएको बताएका छन् ।
पहिरोमा परी सोही ठाउँका रमाथिबाट आएको पहिरोले स्थानीय ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौली रावल घाइते भएकी छन् ।
थापाको दाँया खुट्टा र शरिरमा चोट लागेको छ । भने रावलको टाउको,दाहिने खुट्टामा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । घाइते महिलाको टाउकोमा चतोट लागेकाले अवस्था गम्भीर भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोका कारण गाउँ नै जोखिममा परेको छ । घर माथिबाट आएको पहिरोका कारण गाउँ नै त्रसित बनेको छ ।
पहिरोमा पुरिएर मृत्यु भएकोको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा,नेपाली सेनाका सह सेनानी प्रजेश सिंह, शसस्त्र प्रहरी बलका शसस्त्र प्रहरी निरिक्षक प्रदिप राउतको नेतृत्वको टोलीले उद्धार गरेको छ । पहिरो आएपछि नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, उप प्रमुख कमला कुमारी जैशी सहित वडा अध्यक्ष जनप्रतिनिधीहरु र स्थानीयहरु उद्धार कार्यमा जुटेका हुन् ।



