सेनाको हेलिकप्टर मार्फत एक तिर्थयात्रीको उद्धार

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको त्रिवेणीमा अक्सिजनको कमीका कारण विरामी भएका एक तीर्थयात्रीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बुधबार अक्सिजन कमीले विरामी भएर सिकिस्त भएका बुढीगंगा नगरपालिका–६ बेलकाटियाका ३२ वर्षीय चन्द्र पाध्यायलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार तीर्थयात्री विरामी भएर नेपाली सेना इश्वरीबक्स गुल्म बाजुराले त्रिवेणीमा संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको खबरपछि गहृ मन्त्रालय मार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए ।
सेनाको हेलिकप्टर मार्फत त्रिवेणीबाट थप उपचारका लागि सुर्खेत लगिएकाे छ । अक्सिजनको कमीले सिकिस्त विरामी भएका पाध्यायको सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । सेनाको एनए ०५५को हेलिकप्टरले पाध्यायलाई उद्धार गरी ल्याएको हो । उनको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button