जनैपूर्णिमा मेला : नाटेश्वरीमा दर्शनार्थीको भीड,चिताएको पुरा हुने जनविश्वास

बाजुरा- धार्मिक आस्थाको धरोहर बडीमालिकाको तीर्थयात्रापछि जनैपूर्णिमाको दिन लाग्ने नाटेश्वरीमा भक्तजनहरुको भीड लागेको छ ।
धार्मिक आस्थाको रुपमा रहेको नाटेश्वरीमा बडीमालिकाको पुजाआराधानापछि नाटेश्वरीमा जनैपूर्णिमा पुजा लाग्ने गरेको छ ।
साउन शुक्ल पक्ष चतुर्दशीका दिन लाग्ने बडीमालिका सहितका शक्तिपीठपछिको नाटेश्वरीलाई पनि एक शक्तिका रुपमा लिइएको छ ।
त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरीमा भक्तजनहरुले पुजा गर्ने गर्छन्
पौराणिक मान्यता अनुसार बडीमालिकाको दर्शन गरेपटि नाटेश्वरी भगवतीको दर्शन नगरेसम्म तीर्थयात्रा पुरा नहुने जनविश्वास रही आएको छ । बडीमालिकालाई माता पार्वतीको शक्तिको पीठ र नाटेश्वरीलाई देशीको नाट्यशाला मानिदै आएको छ ।
नाटेश्वरीलाई मनोकाँक्षा पुरा गर्ने देवीका रुपमा पुजा गर्ने गरिन्छ । जनैपूर्णिमाको दिन यहाँ पुजा आजा गर्दा पारिवारिक सुख,शान्ति र चिताएको पुग्ने जनविश्वास रही आएको नाटेश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक प्रेमराज पाध्यायले बताएका छन् ।
जनैपूर्णिमा र रक्षाबन्धनमा भक्तजन श्रद्धालुहरुले मन्दिर परिसरमा नयाँ जनै फेर्ने, हातमा धागो बाँध्नेर जगन्नाथ तथा नाटेश्परीको विशेष पुजा गर्ने गरेको पाध्यायले बताए ।
बडीमालिकामा सतीदेवीको बायाँ अङ्ग खसेको र नाटेश्वरीमा कालिका देवीको बास रहेको विश्वास रहेको पाध्यायको भनाई रहेको छ ।
मेलाको समयमा ठूलो संख्यामा भक्तजनको आगमन हुने भएकाले स्थानीय उत्पादन, हस्तकला र व्यापारिक गतिविधिले प्रवर्धन पाउँछन्, जसले धार्मिक पर्यटन बढाउन गरेको छ ।
नाटेश्वरीमा बाजुरा, अछाम, डोटी लगायतका छिमेकी जिल्लाहरू र भारतबाट समेत हजारौँको संख्यामा दर्शनार्थीहरू नाटेश्वरी पुग्ने गरेका छन् । मेला क्षेत्रमा स्थानीय उत्पादन, भोजन तथा अन्य वस्तुहरूको व्यापारिक स्टलहरूका कारण ठूलो आर्थिक तथा सामाजिक गतिविधि हुने गर्छन् ।
नाटेश्वरी मेलाले धार्मिक आस्था बढाउनुका साथै स्थानीय संस्कृति, पर्यटन र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button