कर्णाली करिडोर अवरुद्ध, पहिरो खुलाउने कार्य जारी

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको सुर्खेत–कालिकोट–बाजुरा– हुम्ला जोड्ने कर्णाली करिडोर शनिबार विहान आएको पहिरोका कारण अवरुद्ध भएको छ ।
हिमाली गाउँपालिका-७मा पर्ने बाँधुमा मा पर्ने कर्णाली करिडोरको सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार करिडोर सडक माथिबाट पहिरो आएपछि अवरुद्ध बनेको बताए । अवरुद्ध बनेको कर्णाली करिडोर सडक पि.एस.कन्ट्रक्शनको जे.सि.बि द्वारा सडक खुलाउने कार्य भइरहेको प्रहरी निरिक्षक भाटले बताएका छन् ।
सडक अवरुद्ध भएपछि सवारी आवागमन बन्द भएको छ । दुईतर्फी रुपमा सवारी साधन सडकमा आएको पहिरोका कारण रोकिएका छन् ।
कर्णाली करिडोर सडकको पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि उक्त सडकमा संचालन हुने बस, जिप टिपर आवतजावत हुन नपाएको प्रहरीले जनाएको छ । सडक खुलाउन प्रहरी चौकी कुन्नाबाट टोली खटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button