पहिरोले गोठ पुरिदा चौपाया मरे

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा बिहीबार राति आएको अविरल वर्षासंगै पहिरोले एक गोठ पुरिँदा पशु चौपाया मरेका छन् ।
सोही गाउँपालिका-५ डोगडीमा वर्षासैगै आएको पहिरोले एक गोठमा पुरिदा ३ वटा गोरु र एक गोरु ििहत सात बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार बिहीबार रातिदेखिको अविरल वर्षापछि गोठमाथिबाट पहिरो खसेपछि स्थानीय करु बुढाको एक तले कच्ची गाईगोठ पूर्ण रूपमा क्षति भएको हो ।
पहिरोले गोठमा रहेका छिमेकी शान्त बुढाका तीन वटा गोरु पुरिएर मरेका छन् भने एक गोरु र ७ वटा बाख्रा घाइते भएका सूचना अधिकारी भाटले जानकारी दिएका छन् ।
लगातारको अविरल वर्षापछि जिल्लाका दर्जनौं बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन अपिल समेत गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button