बाजुरा भलिवल संघको अध्यक्षमा रौले निर्वाचित

बाजुरा- जिल्ला भलिवल संघ बाजुराको तेस्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ ।
आइतबारबाट सुरु भएको तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति बाजुराकी अध्यक्ष कोपिला सिंहले जानकारी दिएकी छन् ।
भलिवल संघ बाजुराको अधिवेशनमा अध्यक्ष सहितका पदाधिकारीमा आकाँक्षी धेरै भएपनि उनीहरु बीच सहमती गराएर जिल्लाको नेतृत्व चयन गरिएको अध्यक्ष सिंहले बताएकी छन् ।
भलिबल संघ बाजुरामा सुरेन्द्र बहादुर रौलेको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।
संघको अध्यक्ष सुरेन्द्र बहादुर रौले, उपाध्यक्षद्धय अर्जुन बुढा, मीन बहादुर शाह, महासचिव हेमराज जोशी, कोषाध्यक्ष शोभा रोकाया सहित १३ सदस्यीय कार्य समिचित चयन गरिएको खेलकुद समिति बाजुराकी अध्यक्ष सिंहले बताइन् ।
यस्तै अधिवेशनबाट प्रदेश प्रतिनिधीमा दलबहादुर रोकाया र गणेश साउँद चयन भएका छन् । भने महाधिवेशनका लागि अध्यक्षलाई नै सर्वसम्मत चयन गरिएको छ ।
जिल्ला भलिवल संघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला खेलकुद समिति बाजुराकी अध्यक्ष कोपिला सिंह रहेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button