बाजुराका ९ पालिकाको अधिवेशन आज हुदै, नयाँ नेतृत्व चयन हुने

बाजुरा- नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि बाजुराका ९ वटै पालिकाको अधिवेशन आजबाट सुरु हुने भएको छ ।
नेपाली काँग्रेसको असोज १६ गतेबाट हुने १५ औं महाधिवेशनका लागि वडा, गाउँ तथा नगर अधिवेशनहुदै प्रदेश सभा र महाधिवेशन प्रतिनिधी छनोटको लागि अधिवेशन हुने भएको छ ।
यहाँका ९ पालिकाको अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेर आज उद्घाटन सत्र संचालन हुने नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
अधिवेशन उद्घाटन सत्रमा हिमाली गाउँपालिका,स्वामीकार्तिक खापर गाउँपालिका,बुढीगंगा नगरपालिका,त्रिवेणी नगरपालिका,खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा एकै साथ अधिवेशन सुरु हुने भएको हो । भने बडीमालिका नगरपालिकामा असोज ८ गते मात्र पालिकाको अधिवेशन हुने भएको नेपाली काँग्रेस बाजुराका उप सभापति पदम बडुवाल जानकारी दिएका छन् ।
९ वटै पालिकामा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने गरी गृहकार्य भइरहेको काँग्रेसले जनाएको छ ।



