बाजुरामा सवारी साधन आवागमनमा रोक

बाजुरा- लगातारको अविरल वर्षासंगै राष्ट्रिय विपद जोखिम न्युनिकरण व्यवस्थानि प्राधिकरणले बाजुरामा पनि भारी वर्षाको सम्भावना हुँदा रातोको सूचीमा राखेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ ।
शनिबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको हस्ताक्षरित सार्वजनिक सूचना जारी गर्दै बाजुरा पनि उच्च जोखिममा रहेको र शुक्रबारदृखि निरतर रुपमा वर्षा भइरहेकोले सवारी साधन आवागमनमा रोक लगाएको उल्लेख गरिएको छ ।
जिल्लाका संचालन हुदै आएका लामो तथा छोटो दुरीका सवारी साधन आवतजावतमा शुक्रबार साँझ ५ बजेबाट रोक लगाइ असोज ११ गते विहान ७ बजेसम्म सवारी साधन आवागमनमा रो.क लगाइएको सूचनामा भनिएको छ ।
जिल्लामा आवश्यक र अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीलाई समन्वय गर्न सबैमा अपिल गरिएको छ ।



